आईतवार, मंसिर ९,२०८१ 08:11:38
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 08:11:38
पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
STOCK MARKET

पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

काठमाण्डौ । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले प्राथमिक बजारबाट पूँजी जुटाउने भएको छ । कम्पनीले आम सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी जुटाउने योजना बनाएको हो ।  कम्पनीले आईपीओ निष्काशनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते बुधबारका दिन काठमाण्डौको एयरपोर्ट होटल...

प्रि–ओपनमा २९ अंकले बढ्यो नेप्से
STOCK MARKET

प्रि–ओपनमा २९ अंकले बढ्यो नेप्से

काठमाण्डौ । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात २९.८७ प्रतिशतले बढेको छ । अघिल्लो दिन बजार ६ अंकले बढेको थियो ।  आजको प्रि ओसनको बढाईसँगै नेप्से परिसूचक २८६० को विन्दुमा पुगेको छ ।  प्रिओपनमा ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १० वटाको घटेको छ । यो अवधिमा १ करोड १२ लाखको कारोबार भएको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट
STOCK MARKET

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीमा जाने भयका कारण एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट आएको छ ।  अमेरिकी दिग्गज टेक कम्पनी एनभिडियाको सेयरमूल्य लगभग १० प्रतिशतले घटेको छ । अमेरिकी सेयर बजारका मुख्य स्टक इन्डेक्समा गिरावट आउँदा बुधबार अधिकांश एशियाली सेयर बजार ओरालो लागेका छन् ।  

नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको सेयर लिलामीमा राखिएको छ । कम्पनीको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  संस्थापक समूहको सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न कम्पनीको सञ्चालक समितिको निर्णयबाट स्वीकृति प्राप्त भए बमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका...

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह
STOCK MARKET

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो...

नेप्सेको चार्टमा बन्यो स्पिनिङ टप क्याण्डल, अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो स्पिनिङ टप क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । आज बजारमा दिनभर उत्तारचढाव रह्यो । आज नेप्सेमा करिब ६० अंकको उत्तारचढाव रह्यो ।  अघिल्लो दिनको तुलनामा आज नेप्सेमा कारोबार पनि बढ्यो ।  प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा आज स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको छ । यदि सेयर तथा सूचकको सुरु तथा अन्तिम मूल्य एउटै भएर तलमाथि धागो निस्केमा स्पिनिङ टप क्याण्डल बन्ने गर्छ । 

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिज सहित ५ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ५ वटै बाट उच्च खरिद भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ८५ करोडको खरिद र ९२ करोडबराबरको बिक्री भएको छ ।  

पूँजी बजारका नियामक निमित्तको भरमा, बजारमा विकृति मौलाउँदैं
STOCK MARKET

पूँजी बजारका नियामक निमित्तको भरमा, बजारमा विकृति मौलाउँदैं

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड ८ महिनादेखि रिक्त रहेको छ । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिए पछि नेपाल सरकारले बोर्डमा अध्यक्ष  नियुक्त गर्न सकेको छैन । उनको कार्यकाल गत पूस २० गते सकिएको थियो ।  हाल धितोपत्र बोर्ड अर्थमन्त्रालयका प्रतिनिधि महेश बरालले चलाइरहेका छन् । हमालको बहिर्गमन पछि अर्थमन्त्रालयबाट ३ जना प्रतिनिधिले बोर्ड...

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपाल लाइफका सेयरधनीले गुमाए
STOCK MARKET

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपाल लाइफका सेयरधनीले गुमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.९० अंकले बढेर २८३० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हँुदा १३ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् ।...

नेप्सेमा सामान्य अंकको हरियाली, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

नेप्सेमा सामान्य अंकको हरियाली, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.९० अंकले बढेर २ हजार ८३०.१६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ५०४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता...

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको, ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको हो ।  कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना...

युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत
STOCK MARKET

युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत

काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।  उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुनेगरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए...

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  प्रस्तावित लाभांश नियमनकारी...

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले १५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित...

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय
STOCK MARKET

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक...

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?

काठमाण्डौ ।  केही समयदेखि ओरालो लागेको सेयर बजारमा आज भने १२७ अंकको बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ ।  बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो...

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीको कर्पोरेट कार्यालय बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट उच्च खरिद भएकोे छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । नासाबाट आज ९३ करोड ७० लाखको खरिद र करिब ७० करोडको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ६६ करोडको  खरिद र ६६ करोड ३४ लाखको बिक्री भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.