१२२% ले आम्दानी बढ्दा पनि एनभिडियाको सेयरमूल्यमा व्यापक गिरावट
काठमाण्डौ । राम्रो आम्दानीका बाबजुत एआई चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा रेकर्डतोड ३० अर्ब डलर आम्दानी गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशतले बढी हो । राम्रो वित्तीय विवरणका बाबजुत कम्पनीको सेयरमूल्यमा भने व्यापक गिरावट आएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले...