झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता...