ट्रेड टावरको आइपीओमा ६.६१ गुणा बढी आवेदन
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा ६.६१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा १८ लाख २८ हजार ६०९ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा २ अर्ब १८ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख १ हजार ७२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको...