शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड ७९ लाखको खरिद भएको छ भने ४२ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १८ करोड ३२ लाखको खरिद भएको छ भने २२ करोड २५ लाखको बिक्री भएको छ ।