युनिलिभर नेपालले आर्जन गर्यो करिब २ अर्ब नाफा, ईपीएसमा सुधार
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७.६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको आम्दानी भने २.८४ प्रतिशतले घटेको छ ।...