ग्लोबल आइएमई समुन्नत योजना–२ ले पायो निष्कासनको अनुमति
काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ नामक बन्दमुखी योजना सार्वजनिक निष्कासनको लागि आजै बोर्डबाट अनुमति पाएको हो ।