सुनचाँदीमा रौनक फर्कियो: एकैदिन तीव्र उछाल, बजारमा किन बढ्यो उत्साह ?
काठमाण्डौ । केही समयदेखि दबाबमा रहेको अन्तर्राष्ट्रिय सुनचाँदी बजारमा पुनः उत्साह देखिएको छ। पछिल्लो कारोबारमा सुनको मूल्य प्रति औंस करिब ४,५६४ डलर नजिक पुगेको छ, जुन एकैदिनमा करिब ३.७२ प्रतिशतले वृद्धि भएको हो। चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा बढ्दै करिब ७२.९८ डलर प्रति औंस पुगेको छ, जसमा ५ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ।

