अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको भाउमा १% बढीको वृद्धि, चाँदीमा २% बढीको बढोत्तरी
काठमाण्डौ । दुई सातामा करिब ११ प्रतिशतले घटेको सुनको भाउ अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्य प्रति औंस १ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै ४००० डलरमा फर्किएको हो ।

