अमेरिका-इरान तनाव घट्ने संकेतसँगै सुनचाँदीमा उछाल, लगानीकर्ताको ध्यान पुनः बहुमूल्य धातुतर्फ
काठमाण्डौ । अमेरिका र इरानबीच जारी तनाव केही हप्ताभित्रै अन्त्य हुन सक्ने संकेतहरू सार्वजनिक हुन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। सुरक्षित लगानी (Safe Haven) को रूपमा चिनिने सुनचाँदीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दा मूल्य उकालो लागेको हो।

