गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा अधिकारी नियुक्त
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

