मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा श्रेष्ठ चयन
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन्। संस्थाको साउन २७ गते बुधबार बसेको सञ्चालक समितिको १९४औँ बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका छन्।

