बुधबार, चैत्र २०,२०८१ 01:58:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:58:21
IME remit
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्सको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
Nabil Bank Limited

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा नुवाकोटको विदुरमा रहेको सिद्धार्थ होटल वाटर टावरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा सञ्चालक समितिबाट पारित भएबमोजिम २०८१ असार मसान्तमा कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, बोनश सेयर वितरण पश्चात कायम रहने पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४०.६० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा साउन १ देखि २०८१ असार मसान्तसम्मको नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्बसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.