IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 10:34:06
IME remit
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सको खुद नाफा २३.७०% ले बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्सको खुद नाफा २३.७०% ले बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.७० प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ४३ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.७७ प्रतिशतले बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४० करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ४६ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीले कर्मचारीका लागि २५ करोड ७७ लाख र ७ करोड ३१ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ९७ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ५ करोड २ लाख रुपैयाँ छुट्टाएको थियो ।  

यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ६० लाख रुपैयाँ र रिजर्भको आकार ७२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

३ अर्ब ६२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १४ अर्ब १४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ७.८७ प्रतिशतबाट घटेर ७.७८ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ७ करोड ६० लाख रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.७६ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.०५ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १६०.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४४.९१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५४.९२ गुणा र तरलता अनुपात ५.७७ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.