काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
गत माघ ४ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको भएको हो ।
उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
क्यापिटलले गत पुस १९ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।