काठमाण्डौ । मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।
कम्पनीले कुल सूचीकृत १ करोड ४१ लाख ९० हजार कित्ता सेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको ७२ लाख ३६ हजार ९ सय कित्ता सेयर र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३ हजार १०० कित्ता धितोपत्रको अनुपात हुने गरी संस्थापक समूहतर्फको ११ लाख ९१ हजार ९६० कित्ता सेयर सर्वसाधारणतर्फ परिवर्तन गरेको हो ।
सो अनुसार नेप्सेको चैत २५ गतेको निर्णयअनुसार ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा अभिलेख भएको छ ।