सार्वजनिक लेखा समितिमा उजुरीमाथि छलफल सुरु, यस्तो हुनेछ छानबिन प्रक्रिया
काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा दर्ता भएका विभिन्न उजुरीमाथि आइतबारदेखि अध्ययन, छलफल तथा छानबिन प्रक्रिया अघि बढाउने भएको छ।आइतबार दिउँसो २ बजे बस्ने समितिको पूर्ण बैठकमा प्राप्त उजुरीहरूलाई कार्यसूचीमा समावेश गरी छलफल सुरु गरिने समितिका सभापति भरत खड्काले जानकारी दिए।उनका अनुसार समितिमा परेका उजुरीलाई विषयको गम्भीरता र...

