काठमाण्डौ। डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले क्यौताबारे निर्णयमा पुग्न बैठक आह्वान गरेको छ।
समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक आह्वान गरेको हो। उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन्।
छलफलका आधारमा विद्युत प्रशारणसँग सम्बन्धित विद्युतको पूर्वाधार लगायतका विषयमा उठेका प्रश्नहरुबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने र यो विषयमा जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिने तय भएको छ।
यस्तै,विद्युत महसुल उठाउन बाँकी रहेका उद्योगहरुसँग प्रमाणका आधारमा अगाडि बढ्न समेत सरकारलाई सुझाव दिने समितिको तयारी छ।
यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरु र उद्योगीहरुसँग समेत छलफल गरेको थियो भने छलफलपछि गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटा माग गरेको थियो।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                