शुक्रबार, आश्विन १६,२०८३ 12:58:33
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 12:58:33
Bizshala
Global IME Bank Limited

म्यादी प्रहरीको कपडा खरिदमा लेखा समिति मौन, सांसद सुनारले उठाए प्रश्न

Bizshala
म्यादी प्रहरीको कपडा खरिदमा लेखा समिति मौन, सांसद सुनारले उठाए प्रश्न
New Office

 

 काठमाण्डौ । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि कपडा खरिद गर्दा अनियमितता भएको आरोपबारे सार्वजनिक लेखा समितिले प्रभावकारी छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन्। उनले प्रकरणमा गम्भीर अनुसन्धान गरी दोषी देखिए सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्न माग गरेका छन्।

शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले कपडा खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन भनिए पनि हालसम्म फाइल प्राप्त भएको वा नभएकोबारे समितिका सदस्यलाई जानकारी नदिइएको बताए।

आफूले व्यक्तिगत रूपमा विषयमा चासो लिएर अध्ययन गर्दा गम्भीर त्रुटि देखिएको दाबी गर्दै उनले समितिको सभापतिले प्राप्त प्रमाण र त्यसलाई छानबिनका लागि अघि बढाउने प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने बताए।

सुनारले प्रहरी महानिरीक्षक तथा कपडा खरिद प्रक्रियामा संलग्न टोलीको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। प्राप्त प्रमाणको निष्पक्ष अध्ययन गरी अनियमितता पुष्टि भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने उनको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले विगतको सुडान काण्डको उदाहरण दिँदै सार्वजनिक निकायमा हुने खरिदसम्बन्धी अनियमितताको गम्भीर छानबिन आवश्यक रहेको बताए। लेखा समितिले कुनै पनि बहानामा अनुसन्धानलाई ढिलाइ गर्न नहुनेमा उनले जोड दिए।

म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा समितिमा औपचारिक उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण भेटिएको अवस्थामा त्यसलाई आवश्यक सिफारिससहित अख्तियारमा पठाउनुपर्ने सुनारको माग छ।

उनले प्रकरणमा छानबिन गर्न समितिको पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने विषयमा तत्काल स्पष्ट निर्णय लिन सभापतिसँग आग्रह गरे।

सार्वजनिक लेखा समितिको गरिमा र प्रभावकारिता कायम राख्न जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिँदै सुनारले समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसके त्यसको जिम्मेवारी लिन आफूहरू तयार रहेको बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.