काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले पठाएका ३० पोका कागजपत्रमध्ये आफुलाई नचाहिने कागजपत्र सार्वजनिक लेखा समितिले प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ। समितिले टिओडी मिटरको विवरण पठाउन भनेको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो।
जसमा टिओडीको ३० पोका कागजपत्रहरू आएको समितिले जनाएको छ। बिहीबार प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र शुक्रबार चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न समितिले बताएएको छ।