शनिबार, असार १४,२०८२ 05:43:33
  • शनिबार, असार १४,२०८२ 05:43:33
Global IME Bank Limited

५ महिना पछि सुपर ट्रेन्डमा बजार वियरिस,बलियो सपोर्ट कतिमा ?

Hyundai Nepal
५ महिना पछि सुपर ट्रेन्डमा बजार वियरिस,बलियो सपोर्ट कतिमा ?
Nabil Bank Limited

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार २७ अंकले घटेको छ । आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । यसलाई कारोबारको हिसाबले राम्रै  मान्न सकिन्छ । प्राविधिक रुपमा आज बजारमा ग्याप डाउन ओपनिङसहित वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । सुपर ट्रेन्ड मार्फत आजको बजारलाई हेर्दा ५ महिना पछि वियरिस बनेको छ ।  

यदि सुपर ट्रेन्डमा मूल्य रेखाहरु ट्रेण्डलाईन भन्दा तल खसेमा वियरिस र ट्रेण्ड लाइनभन्दा  माथि लागेमा बुलिस भन्ने बुझाउँछ । आज बजार २ हजार ६० को मनोबैज्ञानिक विन्दुभन्दा तल पनि खसेको छ । यस अघि बजार गत असोज १८ गते सुपर ट्रेण्डबाट तल खसेको थियो । त्यसको २ महिना पछि मंसिर २५ गते मात्रै बजर पुनः सुपर ट्रेण्डबाट माथि लागेको थियो । तर आज बजार पुनः २ महिनाको अन्तरालमा वियरिस निश्चित गरेको छ । बजारलाई डाउ थेउरीबाट हेर्दा पनि आज नयाँ लोवर लो बनाएर वियरिस निश्चित गरेको हो  ।

CG Motors
Muktinath Bikas Bank Limited

डाउ थेउरी र सुपर ट्रेन्ड जस्ता  दुवै इन्किेटरबाट अब बजार केही समय साइडवेज चल्न सक्ने देखिन्छ । बोलिङगर ब्याण्ड मार्फत बजारलाई हेर्दा आज तल्लो ब्याण्डमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डी मार्फत हेर्दा कही समय पहिले बियरिस क्रसओभर  बनेको बजारमा हिस्टोग्राम नेगेटिभ र लामा–लामा बनेका छन् । आरएसआई ४० को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार बिक्री दवाब परेको देखिन्छ ।  

पिभट् मार्फत बजारको सपोर्ट हेर्दा आज बजारले पहिलो सपोर्ट २०४२ लाई ब्रेक डाउन गरेको छ । अब दोस्रो सपोर्ट २०२२ र तेस्रो सपोर्ट १९८८ मा देखिन्छ । त्यसैगरि बढेमा भने बजारले क्रमशः २०७५,२०९५ र २१३० मा प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.