काठमाण्डौ । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरूलाई एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मान गरिएको छ । २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटककोे दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाइ गत डिसेम्बर १० मा आर्कषक पुरस्कारहरू प्रदान गरेको हो ।
सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीरू यस वर्षको प्रस्तावको लागि योग्य थिए ।
ब्रिटिशकाउन्सिल फेसबुक च्यानलमार्फत लक्की ड्र प्रक्रियाअन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो ।
यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो । सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एरप्राप्त गरेका छन् । दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् ।
एप्पल म्याकबुक एर विजेताहरू – मिनर्भा चुनीओङ्मु कार्की र केशवथापा
युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू – क्रमशःकनिस्का पौडेल र प्रणय शाक्य
अस्ट्रेलियाको एकतर्फी टिकट विजेता – अनमोल खड्का
अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरेका छन् ।