काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
बैंकले गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लाभांशको प्रस्ताव पारित गर्न बैंकले आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।