काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले गत मंसिर १२ गतेदेखि निष्कासन गरेको हकप्रदमा माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको हो ।
यो हकप्रद खरिदका लागि पुस २ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर अब भने आवेदन दिने समय पुस १७ गतेसम्म लम्बाइएको छ ।
कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।
लगानीकर्ताले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रधान कार्यालय र सम्पूर्ण शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                