काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले बिहारमा २० हजार करोड भारुबराबरको थर्मल पावर प्लान्ट निर्माणका लागि लगानी गनै भएका छन् । अडाणी ग्रुपअन्तर्गतको अडाणी इन्टरप्राइजेजका निर्देशन प्रनभ अडाणीले ‘बिहार बिजनेश कनेक्ट २०२४’मा यस्तो घोषणा गरेका हुन् ।
‘हामी बिहारको उर्जा क्षेत्रमा लगानीको गर्न खोजिरहेका छौं । हाम्रो योजना बिहारमा अल्ट्रा–सुपरक्रिटिकल थर्मल पावर प्लान्ट निर्माणका लागि २० हजार करोड भारु लगानी गर्नेछ, प्रनभले भने,‘यो परियोजना निर्माणबा केला १२ हजार जनाले रोजगारी पाउने हाम्रो अन्ुमान छ । यस्तै परियोजना सञ्चालन भएपछि १२ सय जिना दक्ष जनशक्तिले काम पाउनेछन् ।’
यस्तै अडाणी ग्रुपले बिहारमा खाद्यान्न,प्रशोधन र लजिस्टिक व्यवसायमा समेत हात हाल्ने योजना बनाएको छ । प्रभनले उर्जाबाहेक बिहारमा लजिस्टिक,ग्यास वितरण र एग्रि लजिस्टिक गरी ३ क्षेत्रमा लगानी गरिने समेत बताए । जहाँ पहिलेदेखि नै ग्रुपको ८५० करोड भारु लगानी रहेको छ । ‘यी क्षेत्रमा हामी थप २३ सय करोड भारु लगानी गर्ने योजनामा छौं’ उनले भने ।
यस्तै ग्रुपले रणनीतिक पूर्वाधार विकासमा समेत १ हजार करोड भारु लगानीको योजना बनाएको छ ।
यस्तै ग्रुपले बिहार राज्यमा रहेको सिमेन्ट उत्पादन क्षमतालाई समेत विस्तार गरेर वार्षिक १ करोड टन पुर्याउने जनाएको छ । यसका लागि विभिन्न चरणमा २५ सय करोड भारु लगानी हुनेछ ।