काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको निर्णय पुनरावलोकन गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि गत २०८० चैत ३० गते सम्पन्न १६ औां वार्षिक साधारण सभाबाट पारित भएको हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
उक्त सभाबाट कम्पनीले २ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको थियो । अब भने कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
बैठकले हकप्रदको प्रस्ताव आगामी १७ औं साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । साधारण सभाबाट पारित भएपश्चात कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँबराबरको शतप्रतिशत अनुपातमा रु.१०० अंकित दरका ३ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।