मंगलवार, आश्विन २७,२०८३ 01:19:22
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:19:22
Bizshala
Global IME Bank Limited

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

Bizshala
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण
New Office

काठमाण्डौ। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण  गरेका हुन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी आवास निर्माण गरेको जनाएको छ । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।  

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरुप तत्काल राहत सामाग्री वितरण साथै पराकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घरसम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरुका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद् प्रभावितहरुलाई राहत उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X