काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।
यही पुस १४ र १५ गते अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर फेवा तालमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन उक्त जहाज १२६ जनाको टोली लिएर पोखरा आएको हो । उक्त रेस पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा सञ्चालन हुनेछ ।
सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।