काठमाण्डौ । टोयोटा मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा १ मिलियन डलर चन्दा दिने भएको छ । कम्पनीले आगामी जनवरी २० मा हुने लागेको राष्ट्रपतिको सपथ ग्रहण समारोहका लागि उक्त रकमबराबरको सहयोग प्रदान गर्न लागेको हो ।
फोर्ड मोटर र जनरल मोटरले पनि १ मिलियन डलर सहयोग गर्ने बताएसँगै टोयोटाले पनि राष्ट्रपतिको सपथ ग्रहणका लागि आर्थिक सहयोग गर्ने जनाएको हो । फोर्ड र जनरल मोटरले सपथ ग्रहण समारोहका लागि गाडीहरु समेत उपलब्ध गराउने भएको छ । तर टोयोटाको भने गाडी उपलब्ध गराउने कुनै योजना रहेको छैन ।
मेक्सिको र क्यानडाबाट आयात हुने गाडीमा भन्सार शुृल्क बढाउने प्रस्तावले टोयोटा जस्ता उत्तर अमेरिकाका धेरैजसो अटो निर्माताहरु प्रभावित हुन सक्ने जनाइएको छ । टोयोटाले मेक्सिकोमा टाकोमा पिकअप ट्रक उत्पादन गरिरहेको छ । डोनाल्ड ट्रम्पले जो बाइडेन प्रशासनले विद्युतीय सवारीका र हरित ग्यास उत्सर्जका लागि गरेका यसअघिका नीतिहरु समेत परिवर्तन गर्न सक्ने जनाइएको छ ।
अन्य अमेरिकी कम्पनीहरुले समेत डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यसमा अमेजन र मेटा जस्ता ठूला टेक कम्पनीहरु समेत रहेका छन् ।