मंगलवार, माघ २२,२०८१ 12:48:36
IME remit
  • मंगलवार, माघ २२,२०८१ 12:48:36
IME remit
Global IME Bank Limited

एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेपालबाट १८ अभिकर्ता सहभागी, भन्छन्-‘बीमाबारे थप बुझ्ने सुवर्ण अवसर’

Hyundai Nepal
एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेपालबाट १८ अभिकर्ता सहभागी, भन्छन्-‘बीमाबारे थप बुझ्ने सुवर्ण अवसर’
Nabil Bank Limited

– मनिष सोती

 

काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीका १८ जना एजेन्सी म्यानेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा सहभागी जनाएका छन्। 

विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुका प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको छ। सन् २०२३ अगस्ट २७ देखि ३० सम्म चलेको ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३’ मा नेपालको तर्फबाट जम्मा ६ जीवन बीमा कम्पनीका अभिकर्ताको मात्रै सहभागिता थियो। जसमा नेपाल लाइफबाट राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी रहेका छन्। त्यस्तै, एलआईसी नेपालबाट विष्णु तिम्सिना र कृष्ण पौडेल, सूर्यज्योति लाइफबाट गौरव शाही, सिर्जना पन्त र अमिताकुमारी चौधरी, सिटिजन लाइफबाट सन्तोष खरेल रहेका छन्।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै सानिमा रिलायन्स लाइफबाट ६ जना नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सीता भट्टराई र कल्पना विष्ट रहेका छन् भने हिमालयन लाइफ इन्स्योरेन्सबाट रामकुमार अधिकारी र काशीराम ढकाल गरी कुल १८ जना अभिकर्ताको सहभागिता थियो। 

सहभागी अभिकर्ताहरुले अन्तर्राष्ट्रियस्तरमा देशको झण्डा फहराउन पाउँदा गौरवान्वित महसुस भएको प्रतिक्रिया दिएका छन्। एमडीआरटी ग्लोबल कन्फ्रेन्समा ‘फ्ल्याग सेरेमोनी’ गत वर्षदेखि नै हटाइएको छ। तर, कन्फ्रेन्स हलबाहिर भने ४०–५० वटा देशका हजारौँ अभिकर्तासमक्ष झन्डा फहराउन सफल भएको सहभागी अभिकर्ताहरुले बताएका छन्। 

Muktinath Bikas Bank Limited

एमडीआरटी कन्फ्रेन्समा दुईपटक सहभागी भइसकेकी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी अभिकर्ता नमिता न्यौपानेले एमडीआरटी कन्फ्रेन्सबाट धेरै कुरा सिक्ने अवसर पाएकी बताइन्। ‘अभिकर्ताका लागि यो सुवर्ण अवसर हो, विश्वभरका सफल अभिकर्ताको यस कन्फ्रेन्समा भेट हुने मौका मिल्छ’, उनले भनिन्, ‘प्रत्येक देशका अभिकर्ताबाट पोलिसी बिक्री कलादेखि लिएर अन्य टेक्निकल कुराहरुसमेत यस कन्फ्रेन्सबाट सिक्ने अवसर मिल्यो।’ 

एमडीआरटी ग्लोबल कन्फ्रेन्स विश्वभरिका सफल अभिकर्ताको सम्मेलन हो। यस कन्फ्रेन्समा सहभागी हुन प्रत्येक देशलाई छुट्टाछुट्टै टार्गेट दिइएको हुन्छ। नेपालको सन्दर्भमा एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुनका लागि योग्य हुन वर्षभरि ३७ लाख ९२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्ने हुन्छ। त्यस्तै, १२ लाख ६४ हजार रुपैयाँ कमिसन र २१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको हुनुपर्नेछ। 

त्यस्तै सहभागी अभिकर्ताका अनुसार एमडीआरटीको टार्गेट पूरा गरी योग्य भई संस्थाको सदस्यताका लागि ६०० अमेरिकी डलर नेपाली ८९ हजार रुपैयाँ र सम्मेलनमा सहभागीका लागि ९९५ अमेरिकी डलर अर्थात् नेपाली १ लाख ३१ हजार रुपैयाँ रजिस्ट्रेसन फी तिर्नुपर्छ। 

एमडीआरटी ग्लोबल कन्फ्रेन्समा ३ पटक सहभागी भइसकेका एलआईसी नेपालका अभिकर्ता विष्णु तिम्सिनाले यस्तो सम्मेलनमा सहभागी हुँदा अभिकर्ताको सीप तथा क्षमता अभिवृद्धि हुने बताए। ‘एमडीआरटी कन्फ्रेन्स सफल अभिकर्ताहरुको सम्मेलन भएको हुँदा यसबाट अन्य देशका अभिकर्तामार्फत पनि धेरै कुरा सिक्ने अवसर मिल्यो’, उनले भने, ‘सम्मेलनमा टप ट्रेनरबाट प्रशिक्षणसमेत दिइएको थियो, यसबाट हामीले कसरी बिजनेसमा इन्क्रिज गर्ने र इन्स्योरेन्स इन्डस्ट्रीसँग सम्बन्धित हरेक कुरा जान्ने अवसर पायौँ।’

यसका साथै एमडीआरटी कन्फ्रेन्सबाट अभिकर्ताहरुको नेटवर्किङसमेत राम्रो हुने तिम्सिनाले बताए। ‘नेपालबाहेक अन्य देशका अभिकर्ताहरुसँगको भेटघाटमा अझ धेरै कुराहरु सिक्ने अवसर मिल्यो’, उनले भने, ‘जनसंख्या धेरै भएको राष्ट्र चीनलगायतका अन्य देशका अभिकर्तासँग बिजनेस ग्रोथलगायत बीमा ज्ञानका कुराहरु साटफेर गर्ने अवसर मिलेको छ। कन्फ्रेन्सबाट सिकेका सबै कुराहरु अब प्रयोगमा ल्याउने प्रयासमा छु।’

त्यस्तै, कन्फ्रेन्समा सहभागी सूर्यज्योति लाइफका अभिकर्ता गौरव शाहीले सम्मेलबाट अभिकर्ताको क्षमता विकासमा टेवा पुग्ने बताए। ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्समा अभिकर्ताहरु सहभागी हुँदा धेरै कुरा अचिभ गर्ने अवसर मिल्छ’, उनले भने, ‘सम्मेलनमा पहिलाको जस्तो भाषाको समेत समस्या छैन, सहभागी प्रत्येक अभिकर्तालाई भाषा ट्रान्सलेसनका लागि डिभाइस दिइएको थियो, यसले गर्दा पनि हामीले सहजै अंग्रेजी र हिन्दी भाषामा प्रशिक्षण लिन सक्यौँ।’ 

सम्मलेनमा अर्का सहभागी हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता काशीराम ढकालले एमडीआरटी ग्लोबल कन्फ्रेन्सबाट लाइफ सेक्युअर गर्न जीवन बीमा नै उपयुक्त हुने कुरा सिकेको बताए। ‘सम्मेलनमा धेरैपटक एमडीआरटी भई टीओटी हुनेहरुबाट मोटिभेसन, आम्दानीको स्रोतजस्ता कुराहरु सिक्ने अवसर मिल्यो’, उनले भने, ‘हामीजस्ता एमडीआरटीका लागि योग्य भई पहिलोपटक कन्फ्रेन्समा जानेहरुका लागि टीओटीहरुबाट कामप्रति लगाव र निरन्तरतामा फोकस गर्नुपर्ने भन्नेजस्ता कुराहरु सिक्ने अवसर प्राप्त भयो, जुन अभिकर्ताका लागि एकदमै महत्वपूर्ण छ।’

एमडीआरटीका लागि दुईपटक योग्य भए पनि २०२३ का लागि सिंगापुरमा भएको एमडीआरटी कन्फ्रेन्समा सहभागी हुने अवसर मिलेको ढकालले बताए। ‘सम्मेलनमा ५० भन्दा बढी देशका अभिकर्ताको सहभागिता थियो, त्यसमा हामीले देशको नेतृत्व गर्दै कम्पनीको नाम चिनाउन पाउँदा धेरै गौरवान्वित भएका छौँ’, उनले भने। 

सहभागी अभिकर्ताहरुले समग्रमा एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ आफूहरुका लागि लाभदायी भएको बताएका छन्। जीवन बीमा किन आवश्यक छ र किन गर्नुपर्छ भन्ने कुराहरुमा गहकिलो प्रशिक्षण पाएको अभिकर्ताहरु बताउँछन्। यसका साथै यस सम्मेलनमा भाग लिएपछि अभिकर्ताको व्यक्तित्व विकासमा समेत धेरै मद्दत पुग्ने सहभागी अभिकर्ताहरुले बताए। 

सन् १९२७ मा स्थापना भएको एमडीआरटी बीमा अभिकर्ताका लागि अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिन उपयुक्त अवसर हो। केही समययता नेपालबाट पनि यस्तो कन्फ्रेन्समा सहभागी हुने अभिकर्ताहरुको संख्या बढ्दो छ। 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.