आईतवार, श्रावण १७,२०८३ 07:15:53
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 07:15:53
Bizshala
Global IME Bank Limited

के हो आरटीजीएस प्रणाली ? कति रकमसम्म भुक्तानी गर्न सकिन्छ ?

के हो आरटीजीएस प्रणाली ? कति रकमसम्म भुक्तानी गर्न सकिन्छ ?
New Office

काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) एक फन्ड ट्रान्सफर प्रणाली हो । जसमा एक बैंकबाट अर्को बैंकमा फन्ड ट्रान्सफर ‘रियल टाइम’मा र 'Gross'- transaction by transaction-basis कुनै पनि ट्रान्जेक्सनको bundling वा netting नगरी ट्रान्सफर गरिन्छ ।

आरटीजीएस प्रणालीबाट दुई लाख रुपैयाँ वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ । यो प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ ।

त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्टि गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ । यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ ।

ठुलो रकमको कारोबार अन्य भुक्तानी उपकरणहरू (जस्तै इसीसी,आक्ष्ईपीएस)बाट गरेमा तत्कालै सम्बन्धित ग्राहकको खातामा जम्मा नभई केही समयको अन्तरालमा मात्र जम्मा हुन्छ भने आरटीजीएसमार्फत गरिएका कारोबारहरू तत्काल नै सम्बन्धित ग्राहकको खातामा जम्मा हुने गर्दछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.