मंगलवार, भाद्र २,२०८३ 01:26:00
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 01:26:00
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्रेजरी विभागमा चिनियाँ राज्यद्वारा प्रायोजित ह्याकरको आक्रमण

अमेरिकी ट्रेजरी विभागमा चिनियाँ राज्यद्वारा प्रायोजित ह्याकरको आक्रमण
New Office

काठमाण्डौ । चिनियाँ राज्यद्वारा प्रायोजित ह्याकरले अमेरिकी ट्रेजरी विभागको प्रणालीमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ । चिनियाँ ह्याकरले ट्रेजरी विभागको प्रणाली ह्याक गरी कर्मचारी कार्यस्थलहरू र केही अवर्गीकृत कागजातहरूमा पहुँच पुर्याएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  

उक्त ह्याक डिसेम्बरको सुरुमा भएको थियो र ट्रेजरी विभागले सांसदहरूलाई घटनाको बारेमा सूचित गर्ने पत्रमा घटना सार्वजनिक गरिएको थियो।

अमेरिकी एजेन्सीले यो ह्याकलाई ठूलो घटनाू को रूपमा चित्रण गर्दै एफबीआईसँग मिलेर यस विषयमा अनुसन्धान भईरहेको तथा यसको  प्रभावको बारेमा समेत छलफल भईरहेको जनाएको छ ।  

Bizshala
CG Motors

वाशिंगटन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने यसलाई तथ्गहिन आरोप भन्दै अस्विकार गरेका छन् ।  

ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई पठाएको पत्रमा चीनमा आधारित व्यक्तिले तेस्रो–पक्ष सेवा प्रदायकले प्रयोग गरेको ‘की’ मार्फत सुरक्षालाई ओभरराइड गर्न सक्षम भएको जनाएको छ ।  

घटजापश्चात तेस्रो पक्ष सेवा प्रदायक ‘बियोन्ड ट्रष्ट’अफलाइन भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले यसपश्चात ह्याकरले ट्रेजरी विभागको जानकारीमा पहुँच गर्न जारी राखेको  प्रमाण भने नभएको समेत बताएका छन् ।  

रिपोर्टका अनुसार डिसेम्बर ८ मा बियोन्ड ट्रस्टले विभागलाई ह्याकको बारेमा जानकारी गराएको थियो। कम्पनीका अनुसार पहिलो पटक डिसेम्बर २ मा शंकास्पद गतिविधि देखिए पनि ह्याक भएको थाहा पाउन कम्पनीलाई तीन दिन लागेको थियो ।

ह्याकरले धेरै ट्रेजरी प्रयोगकर्ता वर्कस्टेशनहरू र ती प्रयोगकर्ताहरूले राखेका केही अवर्गीकृत कागजातहरू टाढाबाट पहुँच गर्न सक्षम भएको जनाइएको छ।

विभागले यी फाइलहरूको प्रकृति र कहिले र कति समयको लागि ह्याक भयो भन्ने बारे केही खुलाएको छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.