काठमाण्डौ । हुन्डाई मोटर इण्डिया लिमिटेडले हालसम्मकै उच्च वार्षिक बिक्री गरेको छ । कम्पनीले भारतको घरेलु बजारमा सन् २०२४ मा ६ लाख ५ हजार ४३३ युनिट कार बिक्री गरेको छ । यो संख्या हालसम्मकै उच्च हो ।
कम्पनी यो वर्ष घरेलु र निर्यात गरी कुल ७ लाख ६४ हजार ११९ युनिट सवारी बिक्री गरेको छ । यो वर्ष कम्पनीले मासिक ५५ हजार ०७८ युनिट सवारी साधन बिक्री गरेको जनाएको । जसमा घरेलु बजारमा ४२ हजार २०८ र १२ हजार ८७० निर्यात रहेको छ ।
कम्पनीले सन् २०२४ मा बिक्री गरेको कारमा सबैभन्दा ठूलो हिस्सा हुन्डाई क्रेटाको रहेको छ । घरेलु बजारमा कम्पनीले १ लाख ८६ हजार ९१९ युनिट हुन्डाई क्रेटा बिक्री गरेको छ । यो भनेको कुल घरेलु बिक्रीको ६७.६ प्रतिशत हो । कम्पनीले क्रेटा इभीले यो भेरियन्टको बजार विस्तारमा थप सहयोग मिल्ने विश्वास लिएको जनाएको छ ।
यस्तै अन्य चर्चित मोडल हुन्डाई भेन्यू र टक्सन पनि उल्लेख्य मात्रामा बिक्री भएको जनाइएको छ ।