काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् । थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल संस्थापक सेयरधनीका तर्फबाट र विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।
साधारण सभापश्चात बसेको बैंकको सञ्चालक समितिले निर्वाचित भएका मध्येबाट थानेश्वर पौडेललाई समितिको अध्यक्ष चयन गरेको छ ।