सोमबार, असार १५,२०८३ 07:15:53
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:15:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लर्ड बुद्धमा ह्याकाथन आयोजना हुने

Laxmi Sunrise Bank Limited
लर्ड बुद्धमा ह्याकाथन आयोजना हुने

काठमाण्डौ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले पुस २७ देखि २९ गतेसम्म ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ। विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउण्डेशन मैतिदेविमा हुनेछ।  

संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन्।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमका दौरान विभिन्न अनुभवी परामर्शदाताहरूले सहभागी विद्यार्थीलाई मार्गदर्शन गर्नेछन्। सहभागी टिमहरूले आफ्नो प्रोजेक्ट जुरी सामु प्रस्तुत गर्नेछन्। नयाँ प्रोजेक्ट, त्यसको सम्भाव्यता, प्रभाव र एसडीजीसँगको सम्बन्धका आधारमा प्रोजेक्ट मुल्यांकन हुनेछ ।

फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले ह्याकाथन विद्यार्थीहरूको नेतृत्व विकासका लागि उत्कृष्ट अवसर भएको बताए। कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत नवप्रवर्तनात्मक समाधान विकास गर्नुका साथै जीवन उपयोगी सीप सिक्ने उल्लेख गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुरस्कार समेत पाउने छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ह्याक भनेको क्र्याक र म्याराथन भनेको दौडनु हो । ह्याक र म्याराथन मिलेर ह्याकाथन बनेको हो । मानिसको दैनिक जीवनमा अनेकन समस्या आउँछन् । कसरी समस्या समाधान गर्ने भन्ने चिन्ता मानिसलाई हुन्छ । ती समस्यालाई कम्प्युटरमा एप बनाएर वा सफ्टवेयरको माध्यमबाट दैनिक जीवनलाई सहज बनाउनेलाई ह्याकाथन भनिन्छ ।

कम्प्युटर, एप, सफ्टवेयरको माध्यमबाट मानिसको समस्यालाई समाधान गर्नु हो । मानिसको समस्यालाई ह्याक गरेर निश्चित समयमा समाधान निकाल्नु हो । ह्याकाथन भनेको कम्प्युटरले ब्रेनको काम गर्नु हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.