काठमाण्डौ । युक्रेनले रुसमा युद्ध सुरु भएपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण गरेको दाबी गरेको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइ आक्रमण गरिएको छ । तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।
युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ। तर रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम शैडो क्रूज मिसाइललाई खसालेको बताएको छ ।
रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभका विद्यालयहरू बन्द गरिएका छन् ।