काठमाण्डौ । आज नेप्सेको सपोर्ट जोन २५८० विन्दु आसपासमा इन्भर्टेड ह्याम्मर बनेको छ । यदि नेप्सेमा माथि लामो धागो सहित सूचकको सूरु, न्यून र अन्तिम विन्दु एउटै भएमा भने त्यसलाई ह्याम्मर प्रकृतिको क्याण्डल बनेको मानिन्छ ।
यो भनेको बजारमा बिस्तारै बिक्रीकर्ता हराउदै गरेको भन्ने हो । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।
यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नुपर्ने हुन्छ । तर यस बिपरित यदि नेप्सेको अप ट्रेण्डमा यस्तो क्याण्डल बनेको खण्डमा भने बजार डाउन जाने सम्भावना हुन्छ ।
अन्य इन्डिकेटरबाट नियाल्दा भने बजार करिब ओभर सोल्ड जोनमा पुगेको दखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारमा हाल ४९ को तहमा बढ्दो गतिमा देखिन्छ । बजारलाई आवरली बेसमा नियाल्दा हाल आरएसआई ओभर सोल्ड जोन नजिक ३५ को तहमा पुगेर फर्केको देखिन्छ । यसकारण बजारमा कुनै पनि समयमा अल्पकालिन रिभर्सलको सम्भावना भने बढेर गएको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।