बुधबार, आश्विन ७,२०८३ 07:56:41
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 07:56:41
Bizshala
Global IME Bank Limited

वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने

वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
New Office

काठमाण्डौ। विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ ।

वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण गर्ने र वित्तीय समावेशीतामा जोड दिने उद्देश्यले अनलिमिटेड रेमिटले ज्याप विकास गरेको हो ।  

प्रविधि विकास मात्रै नगरेर कम्पनीले विदेशमा जाने कामदारको सञ्चार सुविधामा समेत काम गर्न थालेको छ । यसका लागि पहिलो चरणमा युएईबाट काम सुरू भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पहिलो चरणमा अनलिमिटेड रेमिटले यूएईतर्फ जाने नेपाली प्रवासी कामदारहरूका लागि पायोनियर ओभरसीज र युएईको सेलुलर सेवा प्रदायक भर्जिन मोबाइलसँग सहकार्य गरेको छ ।

नेपालबाट प्रस्थान गर्ने प्रत्येक कामदारलाई सस्तो दरमा भर्जिल मोबाइल सिम कार्डबाट वा ई(सिम प्रदान गरिने छ, जसले उनीहरूलाई यूएईमा पुगेको क्षणदेखि नै आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सक्ने छन् ।  

यसका अतिरिक्त, ज्यापमार्फत घरमा रेमिट्यान्स पठाउँदा थप निःशुल्क डाटाको सुविधा पनि प्राप्त हुनेछ । साथै विदेश जाने कामदारहरूलाई डिजिटल र वित्तीय साक्षरता सीप समेत सिकाउने गरिएको छ ।  

युएईएमा ५ हजार दिरामभन्दा कम आय गर्ने कामदारले बैंक खाता खोल्न पाउँदैनन् । यो ग्यापलाई ज्यापले पञरा गर्न खोजिरहेको छ ।  

ज्यापले नेपालबाट प्रस्थान गर्नु अघि नै कामदारलाई बैंक खाता उपलब्ध गराउँ छ ।  यसले तलब सुरक्षित रूपमा जम्मा गर्न र केही ट्यापमै फोनबाट सजिलै पैसा घरमा पठाउन सकिन्छ ।  

ज्यापको यो पहलले सञ्चार र वित्तीय बाधाहरू समाधान गर्दै  कामदारहरूलाई वित्तीय समावेशीकरण प्रवर्द्धन गरिरहेको जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.