IME remit
  • बुधबार, माघ ३०,२०८१ 11:46:18
IME remit
Global IME Bank Limited

दश कित्ते नीतिका विषयमा फेरि बहस सुरु, के भन्छ धितोपत्र बोर्ड ?

Hyundai Nepal
दश कित्ते नीतिका विषयमा फेरि बहस सुरु, के भन्छ धितोपत्र बोर्ड ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारमा सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यले ल्याएको आईपीओमा १० कित्ते नीतिमा फेरि बहस सुरु भएको छ । धितोपत्र बोर्डले बोर्डका कार्यकारी निर्देशक मूक्तिनाथ श्रेष्ठको संयोजकत्वमा धितोपत्र बुक बिल्डिङ तथा धितोपत्र नियमावली संसोधन कार्य गर्न अध्ययन समिति बनाएको छ । उक्त समितिले हाल चर्चामा रहेको १० कित्ते नितिमा पनि पूनर्विचार गर्न सक्ने बजारमा केहीले अनुमान गरेका छन् । केही समयदेखि १० कित्ते नीतिका विषयमा बजारमा आ –आफ्ना तर्क चल्दै आएको छ ।  

बोर्डले विद्यार्थी, गृहिणी तथा स–साना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ बिसं २०७५ चैत २७ गतेदेखि १० कित्ते नीति लागू गरेको थियो ।

कुुनै समय साना र ठूला लगानीकर्ता छुट्टाएर आईपीओ बाँडफाँड गरिन्थ्यो । बजारमा विभिन्न कम्पनीहरुले निष्कासन गर्ने आईपीओमा ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई साना लगानीकर्ता र सोभन्दा बढी लगानी गर्नेलाई ठूला लगानीकर्ता भनेर परिभाषित गरिन्थ्यो । यसरी निष्कासन हुने आईपीओमा कुल संख्याको ६० प्रतशित साना र ४० प्रतिशत ठूला लगानीकर्तालाई छुट्याउने व्यवस्था थियो ।

Shivam Cement
Bizshala
CG Motors

त्यतिबेला पनि आईपीओमा सेयर पर्न भाग्यकै भर पर्नुपथ्र्यो भने पर्नेलाई न्यूनतम १० कित्ता नै आईपीओ पर्ने गथ्र्यो । तर पछि लगानीकर्ताको संख्या बढ्दै जाँदा सबैलाई आईपीओमा १० कित्ता अनिवार्य व्यवस्था ल्याइयो । मागभन्दा बढी आवेदन परेको खण्डमा भने गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँढ गर्ने व्यवस्था छ ।

सोही नियमअन्तर्गत रहेर पछिल्लो पटक नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ भर्ने सर्बसाधारणले ५० कित्तादेखि ६० कित्तासम्म सेयर पाएका थिए । बजारमा आईपीओमा १० कित्ता सेयरको पक्ष र विपक्षमा तर्क गर्नेहरुको जमात धेरै भेटिन्छ । कतिपय लगानीकर्ता सेयर सबैलाई दिनु नै पर्छ भन्ने मान्यता गलत रहेको बताउँछन् ।

बजार बुझेका र जोखिम मोल्न सक्ने लगानीकर्तालाई मात्रै आईपीओ दिनुपर्ने उनीहरुको मत छ । किनकि सेयर अंकित मूल्य(पार भ्यालु) मा मात्रै निष्कासन नभएर प्रिमियम र बुक विल्डिङ विधिबाट पनि निष्कासन गर्न सक्ने व्यवस्था छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तो अवस्थामा आईपीओको सेयरमा लगानी पनि जोखिम हुने गर्छ । केहि लगानीकर्ताले भने आईपीओमा १० कित्ते नीति हटाउन नहुने तर्क राखेका छन् ।  

सेयर लगानीकर्ता राजेन्द्रप्रसाद पौडेलले साना लगानीकर्ताको हितमा लागू गरिएको यो व्यवस्था ठूलासँग मिलेर साना लगानीकर्तालाई मारमा पार्न प्रयोग भएको आरोप लगाएका छन् । तर धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले अहिले नै बजारमा चर्चा भए जसरी कुनै विशेष बिषयलाई लिएर बोर्डले नीतिमा परिमार्जन गर्न नखोजेको जानकारी दिए । उनले बुक विल्डिङ विधि र  धितोपत्र नियामवली संसोधन गर्न अध्ययन समिति बनेको बताए । तर अहिलेनै १० कित्ते नीतिमा कूनै निर्णय भने भईनसकेको उनले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.