Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:01:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अदालतले जोगायो, सीआईबीले समात्यो : अब शेरचनको ‘प्लान सी’ के होला ?

Laxmi Sunrise Bank Limited
अदालतले जोगायो, सीआईबीले समात्यो : अब शेरचनको ‘प्लान सी’ के होला ?

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफूमाथि सीआईबीको डोरी कसिँदैछ भन्ने सूचना कसरी पाए ? र, पक्राउको ठीक एक साताअघि नै उच्च अदालत पाटनबाट “देवानी मुद्दामा पक्राउ नगर्नू” भन्ने अन्तरिम आदेश कसरी जुटाए ?

New Office
CG Motors
Garima Development Bank

उच्च स्रोतहरू भन्छन्- “शेरचनलाई प्रहरीभित्रैको कुनै शक्तिशाली व्यक्तिले टिप दिएका थिए, त्यही आधारमा उनले तुरुन्तै वकिलहरूको टिम परिचालन गरेर मंसिर ७ गते न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा रिट हालेका थिए ।” 

अदालतले उनकै पक्षमा नियमावली ४२ अन्तर्गत अन्तरिम आदेश जारी गरिदियो । आदेशको भाषा स्पष्ट छ : फौजदारी नभएर देवानी प्रकृतिको विषय देखाएर धरपकड गर्न पाइँदैन ।

तर, सीआईबीले अदालतको यो आदेशलाई ‘देवानी-फौजदारीको लाइन’ मा उभिएर आइतबार बिहान शेरचनसहित नायब सीईओ मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गर्‍यो । सीआईबीको दाबी छ-उनीहरूले कर्जा प्रवाहमा गम्भीर अनियमितता गरेर बैंकलाई अर्बौं घाटा पुर्‍याएका छन्, यो बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत फौजदारी मुद्दा हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अब सबैभन्दा ठूलो प्रश्न यही बनेको छ :

-प्रहरीको गोप्य अनुसन्धान योजना शेरचनलाई कसले चुहायो ?

-के प्रहरीभित्रै कुनै ‘हाई लेभल लिक’ भएको हो ?

-कि बैंकिङ क्षेत्रका केही शक्तिशाली व्यक्तिहरूले उनलाई बचाउन अदालतसम्मको रणनीति बनाइदिएका हुन् ?

एकजना पूर्व गभर्नरले नाम नलेख्ने शर्तमा भने, “अशोक शेरचन जस्ता मान्छे एक्लै चल्दैनन् । उनको पछाडि ठूलो नेटवर्क छ, राजनीतिक पहुँच छ, प्रहरी र अदालत दुवैतिर उनको लाइन छ । एक साता अघि नै अदालतको आदेश लिनु भनेको यो खेल पहिल्यैदेखि प्लान गरिएको थियो भन्ने पुष्टि हुन्छ ।”

सीआईबी स्रोतले चाहिँ भन्छ-“हामीसँग पर्याप्त प्रमाण छन् । अदालतको अन्तरिम आदेशले फौजदारी कारबाही रोक्दैन । अब १५ दिनभित्र मुद्दा दर्ता गरेर उनलाई थुनामै राख्छौँ ।”

यता, शेरचन पक्षका कानुन व्यवसायीहरूले भने अदालतको आदेश उल्लंघन भएको भन्दै अवहेलना मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

यो प्रकरणले फेरि एकपटक प्रमाणित गरिदिएको छ-नेपालमा पैसा र पहुँच भएकाहरूले कानुनलाई पनि ‘अन्तरिम आदेश’ मार्फत एक छिन तलमाथि पार्न सक्छन्, तर जब राज्यले गम्भीरतापूर्वक डोरी कस्छ, त्यो कवच पनि च्यातिन सक्छ ।

अब हेर्न बाँकी छ-अशोक शेरचनको यो “अदालतको कवच”ले उनलाई कति दिन जोगाउन सक्ला ? कि सीआईबीले उनको सम्पूर्ण नेटवर्कमाथि नै डोजर चलाउनेछ ?

अदालतले मंसिर ७ मै दिएको आदेश:

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.