सोमबार, श्रावण १८,२०८३ 10:17:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:17:57
Bizshala
Global IME Bank Limited

पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५  दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो  साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ४६.४७ अंकले बजारमा गिरावट आएको थियो । यो साता ५ कारोबारमा ३६  अर्ब ८ करोडबराबरको सेयर कारोबार भयो ।  

अघिल्लो साता ४ दिनको कारोबारमा २२ अर्ब ४० करोडबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक र काराबोर दुबै बढ्यो । यो साता बजार पूँजीकरण ४४ खर्ब पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रहेको थियो  । यस हिसाबले यो साता बजार पूँजीकरण १ खर्ब ७ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

प्राविधिक रुपमा यो साताको बजारलाई क्याण्डल स्टिक मार्फत नियाल्दा बुलिस इन्गल्फिङ प्यार्टन बनेको छ । यदि अघिल्लो रातो क्याण्डलाई पछिल्लो हरियो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ । यसबाट सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्न थालेको बुझिन्छ ।  

पछिल्लो पटकको बजारलाई साप्ताहिक रुपमा नियाल्दा बजार लगातार पाँच सातादेखि साइड वेज चक्र अर्थात २५८० देखि २६८० विन्दुसम्म चलेको देखिन्छ । यसरी साइडवेज चक्रमा चलेको बजारले यो साता बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ । यसले सम्भावित रुपमा आगामी साताबाट बजारले बुलिस यात्रा तय गर्न सक्ने सम्भावना रहन्छ ।  

मूभिङ एभरेजको आधारमा  

मूभिङ एभरेजको आधारमा यो साता बजार २१ दिने मूभिङ एभरेजबाट माथि लागेको छ । यसले पनि सम्भावित रुपमा बजारमा साइडवेज सकिदै गरेको बुझिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि यो साता औषत भोल्युम भन्दा बढी नै भोल्युम आएको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा बजारलाई नियाल्दा यो साताको अन्तिमा कारोबारमा अपर ब्याण्डमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा अपर ब्याण्डसँगै हिडेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । म्याक्डीमा यसअघि नै बुलिस क्रसओभर बनेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ५५ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७३७

प्रतिरोध २ – २७०९

प्रतिरोध १–  २६८२

पिभट् प्वइन्टः २६०७

घटेमा सपोर्ट  

सपोर्ट १– २५६१

सपोर्ट २– २५३३

सपोर्ट  ३ –२४८६

निष्कर्षः अघिल्लो साता ४६ अंकले घटेको बजारमा यो साता करिब ६६ अंकको बढोत्तरी आयो । बजार बढ्दा यो साता कारोबार र भोल्युम पनि बढ्यो । लामो समय साइडवेज चलेको बजारमा यो साता अघिल्लो साताहरुको त्ुलनामा ठूलो र बुलिस क्याण्डल बन्यो । यसले सम्भावित रुपमा बजार आगामी साताबाट गति लिन सक्ने बुझिन्छ । इन्डिकेटरहरुबाट नियाल्दा पनि बजारले म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । यस हिसाबले यो साता २ हजार ६५४ विन्दुमा बन्द भएको बजार यदि आगामी साता २ हजार ६८० विन्दुभन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्नेछ ।  

क्षेत्रगत रुपमा बजारलाई हेर्दा यो साता वित्त समूह र सामूहिक लगानी कोषमा रातो पोतियो भने अन्य समूहमा हरियाली छायो । यो साता जीवन बीमा र अन्य समूहमा भने फराकिलो अंकले सूधार आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.