शनिबार, श्रावण ३०,२०८३ 08:16:21
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:16:21
Bizshala
Global IME Bank Limited

बुद्धभूमि जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?

Prabhu Bank Limited
बुद्धभूमि जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?
New Office

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो कम्पनी नेपालका साना तथा मझौला जलविद्युतमध्येको एक हो । यो कम्पनी सन् २०१७ मा नुवाकोट जिल्लामा स्थापित ५ मेगावटाको कम्पनी हो । कम्पनीले हाल नेपाल विद्युत नियमन आयोगबाट एकबराबर एक हकप्रद निष्कासनका लागि अनुमति पाएको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ६ करोड २१ लाख ९३ हजार नेगेटिभ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ३३ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा १ करोड १३ लाख नेगेटिभ रहेको छ भने प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँ नेगेटिभ रहेको छ । कम्पनीको बुक भ्यालु ८४.४५ रुपैंयाँ मात्रै रहको छ ।  

CG Motors

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो आधारमा यो कम्पनीको सेयर वेभ १ मा ४५२ देखि ६०२ रुपैयाँसम्म , वेभ २ मा करेक्सन भएर ४६० रुपैयाँसम्म , हाल वेभ ३ को बढोत्तरीमा साथ ६९३  सम्म , र वेभ ४ मा पुनः करेक्सन भएर ६०२ सम्म , र वेभ पाँचमा यो कम्पनीको सेयर भाउ ८३२ सम्म पुग्न पनि सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फिएर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यदि फियर एण्ड ग्रिड इन्डेक्समा ० देखि २० सम्म भएमा स्ट्रङ बियरिस , २० देखि ४० भएमा वियरिस , ४० देखि ६० भएमा न्यूट्रल सेन्टिमेन्ट, ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस मानिन्छ । यो कम्पनी हाल ६० देखि ८० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ७४२ र न्यून मूल्य ३८८ सम्म आएको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको र रातो क्याण्डल बनेको छ । यसले कम्पनीको सेयरमा केही बिक्री दबाब परेको देखिन्छ । यदि आगामी दिनमा कम्पनीको सेयरमा अझै बिक्री दबाब परेको खण्डमा मध्य ब्याण्ड ५सयसम्म आउन पनि सक्छ । म्याक्डीमा यसअघि नै बनेका बुलिस क्रसओभर भ्यालिड नै रहेका छन् भने आरएसआई ५६ को न्यूट्रल तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ हाल साइडवेज चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५८८

प्रतिरोध २ – ५६१

प्रतिरोध १–  ५१०

पिभट् प्वइन्टः ४८३

घटेमा सपोर्ट  

सपोर्ट १– ४३२

सपोर्ट २– ४०५

सपोर्ट  ३ –३५४

निष्कर्षः बुद्धभूमि नेपाल जलविद्युत कम्पनी आधारभूत रुपमा ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी र बुक भ्यालु नकारात्मक देखिन्छ । रिर्टन अन इक्विटी पनि खासै सन्तोषजनक देखिदैन । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चलेको छ । यसको अर्थ कम्पनीमा लगानीकर्ताको आकर्षण रहेको रहेको बुझिन्छ । इलिअट वेभको आधारमा कम्पनीको मूल्यले हाल बनाएको चक्रलाई नियाल्दा एकदेखि पाँच वेभ बनाउँदा ६ सय माथि सम्म पूग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.