काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत २ गते शुक्रबारका दिन न्यूरोड पोखरामा रहेको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनी ऐनमा रहेको ‘कम्पनीको प्रकृती अनुरुपको थप व्यवस्था’मा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आव २०७९/८० को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
सभामा सञ्चालक समितिको निर्वाचने गर्ने र स्वतन्त्र विज्ञ सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।