बुधबार, असार १०,२०८३ 12:00:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:00:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाबाट १४ लाख बढी आप्रवासी निकालिदै, सूचीमा १३ सय ६५ जना नेपाली पनि परे

Laxmi Sunrise Bank Limited
अमेरिकाबाट १४ लाख बढी आप्रवासी निकालिदै, सूचीमा १३ सय ६५ जना नेपाली पनि परे

काठमाण्डौ । अमेरिकाबाट १४ लाख भन्दा बढी आप्रवासी निकालिने भएका छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्कालै १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट उनीहरुको देश फर्काउने जनाएको हो । यो सूचीमा १३ सय ६५ जना नेपाली समेत परेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालिएको हो । ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै आप्रवासीलाई स्वदेश फिर्ता पठाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।  

आईसीईले सार्वजनिक गरेको सूचीअनुसार अमेरिकाबाट निष्कासित हुनेमा होन्डुरसका नागरिकको संख्या सर्वाधिक छ। अमेरिकाबाट होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासित हुनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४, एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना, चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना निष्कासित हुनेछन् ।

अमेरिकामा हाल १ करोड ११ लाख गैरकानूनी आप्रवासी बसोवास गरिरहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.