काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आईटी विभागका लागि सहायक तहको कर्मचारी माग गरेको हो ।
यो पदका लागि आईटी प्रविधिमा कम्तिमा स्नातक गरेको हुनु पर्नेछ । छनौट गर्दा कोर बैंकिङ सिस्टमको ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
इच्छुक तथा योग्य आवेदकले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सर्ट लिष्टमा परेका आवेदकलाई मात्रै अघिल्लो चरणको छनौट प्रक्रियामा समावेश गरिने कम्पनीले जनाएको छ ।