काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले माघ २७ गतेदेखि भरतपुर महानगरपालिका वडा नं १० वाइपासरोडस्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण भई हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गरेको हो ।
मिति २०५८ असोज १२ गतेदेखि केन्द्रीय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मूख्य–मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली आफ्नो बैंकिङ कारोवार सञ्चालन गर्दै आइरहेको यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त, दुरुस्त रअझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम नयाँ भवनबाट सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ ।