बिहीबार, माघ २२,२०८२ 10:28:14
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 10:28:14
Bizshala
Global IME Bank Limited
Bizshala

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?

लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी समूहको ७ वटा कम्पनी सूचीकृत छन् । सेयरबजारमा लगानी समूहका कम्पनीहरु चर्चामा आइरहने गर्छन् ।  

सिइडिबि होल्डिङ्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट जस्ता कम्पनीहरु बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष सूचीमा पर्ने कम्पनी हुन् । पछिल्लो समय त झनै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर कारोबार नियमित जसो सर्वाधिक कारोबार हुने गरेको देख्न सकिन्छ ।  

योसँगै नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष र इमर्जिङ नेपालको पनि बजारमा निकै चर्चा हुने गरेको छ । यी कम्पनीहरुको लगानी गर्ने क्षेत्र फरक भएपनि कम्पनीको मुख्य एजेण्डा भनेकै आम्दानी गरी उल्लेख्य मुनाफा कमाउनु हो ।  

Bizshala
Garima Development Bank
New Office

लगानी समूहका यी कम्पनीहरुले सार्वजनिक र निजी क्षेत्रका बन्ड र नगद सुरक्षा कार्यक्रमहरुमा लगानी गर्दछ । बैंक तथा वित्तीय संस्थाको सेयर र बण्डमा, इन्फ्रास्ट्रक्चर र निर्माण क्षेत्र, प्रविधि र इनोभेसन, उर्जा क्षेत्र, होटल तथा पर्यटन, उर्जा क्षेत्र, स्वास्थ्य तथा शिक्षा क्षेत्र, प्रविधि र इनोभेसन क्षेत्र, वित्तीय सेवा र बैकिङ क्षेत्र, रियल स्टेट र आवासीय परियोजना, वस्तु तथा सेवा उत्पादन, पर्यावरणीय योजनाहरु, सामाजिक उद्यम, सडक र पुल, जल आपूर्ति र निकासी, सञ्चार र सूचना प्रविधि जस्ता विभिन्न क्षेत्रमा लगानी गर्दछ ।  

नेप्सेमा सूचीकृत रहेकाले यी कम्पनीहरुको लगानीको क्षेत्र र त्यस्ता क्षेत्रबाट आर्जित आम्दानी र मुनाफा लगानीकर्ताहरुका लागि चासोको विषय हुन्छ । लगानीको क्षेत्र जस्तो सुकै भएपनि लगानीकर्ताका लागि कम्पनीको व्यवसाय र आम्दानी तथा मुनाफा नै महत्वपूर्ण सूचक हो । आफुले लगानी गरेको कम्पनीले कति नाफा कमाइरहेको छ र प्रतिफलका रुपमा लाभांश बाँड्न क्षमतावान देखिएको छ वा छैन त्यो महत्वपूर्ण हुन जान्छ ।  

नाफा कमाउन कुन बलियो ?

चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नागरिक लगानी कोषले नाफा कमाएको छ । कम्पनीले सो अवधिसम्म ६२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको तुलनामा १३.९७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले ५२ करोड २२ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५२ करोड २१ लाख, सिइडिबि होल्डिङ्सले २० करोड ९४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ५ करोड ३७ लाख, हाथवे इन्भेष्टमेन्ट कम्पनीले १ करोड ४९ लाख र इमर्जिङ नेपालले ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा एचआइडीसीएल बाहेक सबै कम्पनीले नाफा बढाएका छन् । सर्वाधिक नाफा बढाउनेमा सिइडिबि होल्डिङ्स रहेको छ । कम्पनीले २९०।५८ प्रतिशतले नाफा बढाएको छ । एचआइडीसीएलको नाफा भने ३०.६२ प्रतिशतले घटेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

आम्दानी कुनको कति ?  

आम्दानीमा भने निफ्रा अगाडी देखिएको छ । कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरी दोस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा २३.३३ प्रतिशत कम हो ।  

त्यस्तै, दोस्रोमा नागरिक लगानी कोष रहेको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी ४२८.८० प्रतिशत बढी हो ।  

यसका साथै एचआइडीसीएलले ७८ करोड २५ लाख, सिइडिबि होल्डिङ्सले २३ करोड १ लाख, एनआरएनले ८ करोड १ लाख, हाथवे इन्भेष्टमेन्टले ५ करोड ६१ लाख र इमर्जिङ नेपालले १ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

इपीएसमा को अघि ?  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै इपीएस सिइडिबि होल्डिङ्सको रहेको छ । कम्पनीको इपीएस ४०.५१ रुपैयाँ रहेको छ ।  

त्यस्तै, नागरिक लगानी कोषको १९.२० रुपैयाँ, निफ्राको ५.९४ रुपैयाँ, एचआइडीसीएलको ४.२५ रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ४.१८ रुपैयाँ, इमर्जिङ नेपालको ३.३८ रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको जम्मा १.०५ रुपैयाँ रहेको छ ।

 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.