सोमबार, श्रावण १८,२०८३ 11:39:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:21
Bizshala
Global IME Bank Limited

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, बसका यात्रुलाई केबलकारको टिकटमा २०% छुट

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, बसका यात्रुलाई केबलकारको टिकटमा २०% छुट
New Office

काठमाण्डौ । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली।मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्राली नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । यस प्रालीमा हाल २३ सय भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । यस प्रालीले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.