मंगलवार, श्रावण १९,२०८३ 09:37:27
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:37:27
Bizshala
Global IME Bank Limited

साप्ताहिक रुपमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?

साप्ताहिक रुपमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको आगामी यात्रा कस्तो ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन घट्यो भने २ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६९९.८१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७८.४७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २१.३४ अंकले बजारमा गिरावट आयो ।  

यो साता दोस्रो बजारमा ३९ अर्ब २४ करोडको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ५१ अर्ब ९५ करोडबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा सूचक र कारोबार दुबैमा गिरावट आयो । यो साता बजार पूँजीकरण ४४ खर्ब ४६ अर्ब रह्यो ।  

प्राविधिक पक्षः

पछिल्लो पटकको बजार २५५० देखि २६८० विन्दुबीचमा साइडवेज चलेको देखिन्छ । प्राइस एक्सनमार्फत पछिल्लो बजारलाई नियाल्दा बजारले हायर हाई र हायर लो का सिरिजहरु बनाउँदै चलेको देखिन्छ । यो साता २६७० विन्दु आसपासमा एउटा हायर लो कन्फर्मेसन गरेको देखिन्छ । यो साताको अन्तिममा केही बिक्री दबाब देखिएको बजारमा अधिक करेक्नस आँउछ भने बजार २६६० अर्थात बोलिङ्गरको मध्य ब्याण्डसम्म पनि आउन सक्छ । आगामी साता यो विन्दु केही महत्वपुर्ण रहेन पनि सक्छ । यदि यो विन्दुमा सपोर्ट लिए केही अंकको सुधार र यहाँबाट तल खसेमा भने केही अंकले बजारमा करेक्सन आउन सक्ने सम्भावना पनि रहन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा अघिल्लो साता अपर ब्याण्डमा शुटिङ स्टार बनेर खसेको बजारले यो साता मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । म्याक्डीमा बुलिस क्रस ओभर भ्यालिड नै रहेका छन् । तर हिस्टोग्राम सकारात्मक रहेता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन ५३ मा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८५७

प्रतिरोध २ – २८१०

प्रतिरोध १–  २७५५

पिभट् प्वइन्टः २७०८

घटेमा सपोर्ट  

सपोर्ट १– २६५३

सपोर्ट २– २६०६

सपोर्ट  ३ –२५५१

निष्कर्षः अघिल्लो साता सुधार आएको बजार यो साता करिब २१ अंकले घट्यो  । साप्ताहिक रुपमा बजारलाई नियाल्दा बजारले २ सातादेखि मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । डेली बेसमा पनि मध्य ब्याण्ड आसपासमा नै सपोर्ट लिएको देखिन्छ । कोरोबार तथा भोल्युमबाट नियाल्दा कारोबार औषत भन्दा माथि नै  देखिन्छ । यदि बजारमा १० अर्बमाथि कारोबार भएको खण्डमा मात्रै कारोबारबाट बजार बुलिस भन्न सकिन्छ ।  यस हिसाबले हालको बजार इन्डिकेटर , प्राइस एक्सन , कारोबार तथा भोल्युम सबै तर्फबाट हेर्दा साइडवेज नै चलेको देखिन्छ । आगामी साता यदि बजार २७ सय विन्दु भन्दा माथि लागेमा अप ट्रेन्ड र २६६० विन्दु भन्दा तल लागेमा केही बिक्री दबाब पनि चल्न सक्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता माइक्रो फाइनान्स ,फाइनान्स ,विकास बैंक लगानी समूह तथा म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी समूहमा रातो पोतियो   ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.