काठमाण्डौ । थप फिचर्स थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ।
भारतको अग्रेणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको हो। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता–मैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेल वाल भन्छन्, ‘नेपालमा हाम्रा विद्धुतीय सवारी साधनहरूको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो इभीले आफ्नो बिरासत कायम राख्दै बिगत झैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्धुतीय ह्याचब्याक बनिरहने छ।’
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठका अनुसार, टियागो इभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । ‘यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो। यसको नँया मोडेल २०२५ टियागो इभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । हामीलाई पूर्ण विश्वास्त छ कि यसले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्नेछ, ’उनले भने ।
कम्पनीका अनुसार नयाँ टियागो इभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरले सएन्ड्रोइड अटो र एप्पल कार प्लेको सुविधा लिन सकिन्छ। सुरक्षाको दृस्टीकोणले दुइटा एयर ब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिलहोल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।